गत साता घटेको सुनचाँदीको भाउ आइतबार बढ्यो, तोलाको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गत साता घटेको सुनचाँदीको भाउ आइतबार बढ्यो, तोलाको कति ?



काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतबार सुन तोलामा ६ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रबार तोलाको ११ सयले घटेर तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्