देश निर्वाचनमय बनेपछि नेप्सेले पार गर्यो २५ सय अंक, नयाँ किर्तीमान कायम गर्दै साढे १० अर्वको कारोबार
काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक ४८.७४ अंकले बढेको छ । आइतबार नेप्से ४८.७४ अंकले बढेर २५२४.०० अंकमा पुगेर बजार बन्द भएको हो । आइतबार नेप्सेमा कारोबार भएका १२ समुह मध्ये ३ समुह घटेका छन् भने अरु सबै समुहमा लगानीकर्ता आकर्षित देखिएका छन् ।
आइतबार दिनभरि २०२ कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर ८७ हजार ६७० पटक खरिद बिक्री हुदाँ १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैंयाको कारोबार भएको छ ।
पछिल्लो समय देश निर्वाचनमय भएपछि नेप्सेमा लगानीकर्ताको आकर्षण बढेको हो । निर्वाचनको समयमा बजारमा चहलपहल बढ्ने भएकाले नेप्से लगानीकर्ता नेप्सेमा आकर्षित हुन थालेका हुन् । त्यस्तै, निर्वाचनले आजनीतिक अस्थिरतालाई स्थिरता कायम गर्ने भएकाले लगानीकर्ताको नेप्सेमा आकर्षण बढेको सेयर जानकारहरुले बताएका छन् ।














