सेयर बजारमा विद्युतीय भुक्तानीको सीमा हटाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गरेवापत् विद्युतीय भुक्तानीको सीमा हटाउने तयारी गरेको छ । हाल सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा १० लाख रुपैयाँ राष्ट्र बैंकले निर्धारण गरेको छ । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको भन्दै बोर्डले सेयर कारोबारमा सीमा नलाग्ने व्यवस्था गर्ने अनुरोध गरेको छ ।
बोर्डले केन्द्रीय बैंकमा माघ २९ गते पत्र पठाउँदै भनेको छ, ‘अनुमति प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत धितोपत्र कारोबार गरेवापत् धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई बिक्री गरेवापत् रकम भुक्तानी गर्दा टीएमएस अनलाइन बैंकिङ उपयोग गरी भुक्तानी गर्दा १० लाख रुपैयाँको सीमाले विद्युतीय कारोबारमा समस्या आएको गुनासो प्राप्त भएको हुँदा धितोपत्रसम्बन्धी कारोबारको विद्युतीय भुक्तानीको सीमा ननाघ्ने व्यवस्था लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
गत असारमा राष्ट्र बैंकले सेयर कारोबारको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्दा प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । तर, सेयर कारोबारमा यस्तो सीमा हटाउनु पर्ने सुझाव सरोकारवाला निकायले दिँदैआएका छन् भने सोही सीमालाई हटाउने तयारी धितोपत्र बोर्डले गरेको हो ।
बोर्डले केन्द्रीय बैंकमा माघ २९ गते पठाएको पत्रमा यस्तो भनिएको छ:
विषयः आवश्यक व्यवस्था गरिदिने सम्बन्धमा ।
महाशय,
उपयंक्त सम्बन्धमा धितोपत्रको दोषी बजारमा पुर्ण रूपमा अनलाइन कारोबार गर्न सक्ने व्यवस्था भइसकेको र हाल करिव ८० प्रतिशत कारोवार (करिव रू. १० अर्ब) अनलाइनमार्फन भइरहेको तथा त्यस बैंकले समेत विधुतीय कारोवारलाई प्रोत्साहित गरिरहेको परिवेशमा बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत धितोपत्रको कारोबार गरेवापत धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई विक्री कारोवार वापतको रकम भुक्तानी गदा TMS -Online Banking उपयोग गरी भुक्तानी गर्द आएको र धितोपत्र खरिद गर्ने लगानीकर्ताले विदयुतीय माध्यमकी प्रयोग गरी भुक्तानी गर्दा नेपाल राष्ट्र वैंकको विद्युतीय भुक्तानीमा रु १० लान्या सीमा अझ विद्यमान रहेकाले विद्युतीय कारोवार गर्न समस्या परेको गुप्तासोहरु प्राप्त भएको हुदा धितोपत्र सम्बन्धी कारोबारमा रकम पठाउँदा र प्राप्त गर्दा सीमा नलाग्ने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध गर्दछ ।













