एभरेष्ट इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको फागुन २० गते बसेको सञ्चालक समितको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्