११ कार्तिक २०८३, बुधबार

सिटिजन्स म्युचुअल फण्डको नयाँ योजना ‘सिटिजन्स सुपर ५०’ मंसिर २ गतेदेखि बिक्रि खुला हुने



काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी मंसिर २ गतेदेखि ‘सिटिजन्स म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १० करोड इकाई साधारण इकाई निष्काशन गर्न लागेको हो। जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई (कुल बिक्री हुने इकाईको १५ प्रतिशत) कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ।

यो निष्काशनमा लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र सो अवधिसम्म मागबमोजिम पूर्ण आवेदन नपरेमा ढिलोमा मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।