७ श्रावण २०८३, बिहिबार

आईपीओमा दिएको आवेदन किन रिजेक्ट हुन्छ ? यस्तो छ कारण:



काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । ब्रोकर कार्यालयदेखि बैंकहरूमा डिम्याट खाता खोल्नेको लाइन लाग्ने गरेको छ । फागुन १६ गतेसम्मको तथ्याङ्क अनुसार २९ लाख ९० हजार ५२४ जनाले डिम्याट एकाउण्ट खोलेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । पछिल्लो समय धेरै नयाँ डिम्याट एकाउन्ट बनेका छन्, जसले आईपीओमा पनि आकर्षण बढ्दो छ । आईपीओ भर्नेको संख्यामा बृद्धि हुन थालेपछि आईपीओ आवेदन रिजेक्ट हुने संख्या पनि धेरै छ ।

के कारणले गर्दा रिजेक्ट हुन्छ ?

१) कहिलेकाहिँ मेरोसेयरबाट आईपीओ भर्दा मेरोसेयरमा लिंक भएको बैंकमा आवश्यक रकम न हुन सक्छ; कुनै बैंकले आईपीओ भर्दा चार्ज काट्ने हुँदा आवश्यक रकम नभएर रिजेक्ट हुने गर्छ;

२) हरेक कम्पनीले आईपीओ निष्काशन गर्दा सुरुमा आफ्नो कम्पनीको स्टाफ र म्युचूअल फन्डलाई छुट्याइएको हुन्छ, अनिमात्र सर्वसाधारणलाई छुट्याइएको हुन्छ; यदि तपाईं उक्त कम्पनीको स्टाफ हुनुहुन्छ र तपाईंले सर्वसाधारणलाई छुट्याइएको आईपीओ भर्नुभयो भने रिजेक्ट हुन्छ;

३) नेपालको सेयर बजारमा एकजना ब्यक्तिले २ वटा डिम्याट एकाउन्ट बनाउन मिल्छ, जुन यदि एउटा ब्रोकरसँग कारोबार गर्दा उसको सेवा चित्त बुझेन भने अर्को ब्रोकरसँग कारोबार गर्न भनेर अर्को डिम्याट एकाउन्ट बनाउन सकिन्छ; यदि तपाईंले आईपीओ भर्दा दुईवटै डिम्याटबाट भर्नुभयो भने तपाईंको आईपीओ रद्द हुन्छ;

४) पहिला यदि तपाईंको नामको डिम्याट एकाउन्ट पहिले नै बनिसकेको छः तपाईंको आफन्त साथीभाइले तपाईंको नामको डिम्याट एकाउन्ट बनाएर चलाउनु हुन्छ र यदि अहिले आएर तपाईंलाई सेयरबजारमा जानकार भएर र उक्त आफन्त÷साथीसँग सम्पर्कमा हुनुहुन्न र तपाईंले आफ्नो एकाउन्ट बनाएर क्ष्एइ भर्नुभयो भने डुप्लिकेट एप्लाई भनेर देखाउँछ;

यदि तपाईंको यस्तो समस्या छ भने तपाईंले नेपाल धितोपत्र बोर्डलाइ एउटा आवेदन दिनुपर्छ जहाँ आफ्नो नाम, नागरिता नम्बर, डिम्याट नम्बर राखेर एउटा निवेदन लेखेर [email protected] मा मेल गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्