संबैधानिक परिषद संबन्धी अध्यादेश फिर्ता लिन माग गर्दै कांग्रेसद्वरा संसद अवरुद्ध, प्रचण्ड माधव समुहद्वरा पनि संसद बहिस्कार
काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापनापछि बसेको संसदको पहिलो बैठकमै कांग्रेसले अवरुद्ध गरेको छ । संसद बैठक सुरु नहुँदै नेकपाका प्रचण्ड माधव समुहका नेताहरु बैठक छाडेर बाहिर निष्कीएका छन ।
सरकारले संसद बसेको पहिलो दिनमै वैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनुपर्ने बाध्याता रहेको छ । तर प्रमुख प्रतिपक्ष कांग्रेसले सो अध्यक्षदेश फिर्ता लिन माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो ।
संसद बैठक सुरुहुनेवित्तकै बोलेकी कांग्रेस सचेतक पुष्पा भुषालले संविधानको भावनाविपरित ल्याइएको अध्यक्षदेश फिर्ता गर्न आग्रह गरेकी छिन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानविपरीत भएको भन्दै कांग्रेस सांसद बालकृष्ण खाँडेले पनि विरोध जनाएका छन ।
सरकारको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले बोल्न थालेपछि अध्यादेश संसदमा पेश नहुँदै फिर्ता लिनुपर्ने माग राख्दै कांग्रेसले संसदमा विरोध गरेको हो ।













