७ श्रावण २०८३, बिहिबार

सुनको मूल्यमा निरन्तर बढोत्तरी, सोमबार थोरै रकमले बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्ते, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्