७ श्रावण २०८३, बिहिबार

सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार धनगढीमा



काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ ।

यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानीकार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वड , सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्म कुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

सनराइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताएका छन । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षिततथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनले बताए ।

सोही कार्यक्रममा सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकलबसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताएका छन ।

साथै त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथाफलफूूखरिद बिक्रि गर्न आउने व्यक्तिहरुले ससानाकारोबारमा समेत डिजिटल बंैकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्