सुरु भयो प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक
काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ । सर्वोच्च अदालतले गरेको फैसलापछि नयाँ रणनीति तय गर्न पेरिसडाँडास्थित पार्टी कर्याालयमा केहीबेरअघि बैठक शुरु भएको पार्टी स्रोतले जनाएको छ ।
आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई नेकपाको मान्यता दिएसँगै प्रचण्ड ओली नेतृत्वको नेकपा एकिकरण अघिको पुरानै अवस्थामा फर्किएको छ ।
प्रचण्ड–नेपाल समूहले सोमबार बिहान ११ बजे बोलाएको बैठक ३ बजेलाई सारेको थियो ।













