उन्नति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १७.८१ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.८१ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।














