७ श्रावण २०८३, बिहिबार

मिथिला लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्