२८ श्रावण २०८३, बिहिबार

प्रचण्डले गृहमन्त्री हटाउन खोज्दा रोकेका बादल ओलीको अशल सारथी, संगै जनयुद्ध लडेका यी हस्तीहरुले किन रोजे ओली ?



जसलाई सांसद पदको चिन्ता छैन

काठमाडौं । प्रचण्डसंगै १३ वर्ष जनयुद्ध लडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताले प्रचण्डको साथ छाडेका छन । सर्वोच्च अदालतले नेकपा पार्टी ऋषि कट्टेललाई दिएपछि पुर्व एमाले र पुर्व माओवादी केन्द्र व्यूतिएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुह आन्दोलनमा गएका बेला थापा, रायमाझी र भट्टले साथ दिँदै आएका थिए । १३ वर्ष प्रचण्डसंगै जनयुद्ध लडेका बादल तत्कालिन समयमा शैनिक कमाण्डरको भुमिकासमेत निभाएका थिए ।

प्रचण्डले पुर्वमाओवादीको तर्फबाट बादलको संयोजकत्वमा सरकारमा पठाएको थियो । सुरुमा प्रचण्डनिकट रहेका बादल पछि प्रधानमन्त्री केपी शर्मा ओलीको शारथी बनेका थिए । प्रधानमन्त्री ओलीको राजनितीक भाषामा भन्दा सेफ गर्ने बानीले बादल ओलीको शारथी बनेका हुन ।

संसद विघटनपछि प्रचण्डले बादललाई आफ्नो पक्षमा उभ्याउन धेरै जोड गरेका थिए । तर बादलले प्रचण्डको विश्वास गरेनन् र ओलीतिर लागे । बादलपक्षका धेरै पुर्व माओवादीका नेताहरु प्रचण्डको पक्षमा लाग्दासमेत बादल उता लागेनन् । उता सुदुरपश्चिमका माओवादीका कमाण्डरसमेत रहेका लेखराज भट्ट सुरुदेखीनै ओलीपक्षमा खुलेका थिए ।

अघिल्लो पटक प्रधानमन्त्री बन्दानै ओलीको सपोर्टर बनेका टोपबहादुर रायमाझी ओलीका अशली बनेका छन । रायमाझी मासलिडर हुन । प्रधानमन्त्रीले संसद विघटन गरेपछि माधव नेपाल र प्रचण्ड समुहका मन्त्रीहरुले सामुहिक राजिनामा दिएका थिए । खाली रहेको मन्त्री पदमा ओलीले रायमाझीलाई उर्जामन्त्री, सहरी विकास मन्त्रीमा प्रभु शाह, युवा तथा खेलकुद मन्त्रीमा दावा तामाङ र खानेपानी मन्त्रीमा मणिचन्द्र थापालाई नियुक्त गरेका थिए ।

ओलीलाई साथ दिँदै आएका पुर्वमाओवादीको तर्फबाट सांसद रहेका नेताहरु पार्टीको ह्वीप लागेपनि प्रधानमन्त्रीको साथ नछोड्ने बताएका छन । पुर्व माओवादीका नेताहरुले सांसद पद गएपनि ओलीलाई नछोड्ने बताएका छन । प्रचण्डले मंगलबार बोलाएको पार्टी स्थायी कमिटि बैठकमा गएका छैनन् ।