७ श्रावण २०८३, बिहिबार

राजनीतिक अस्थिरताले नेप्से निरन्तर ओरालो लाग्दै, मंगलबार कारोबार रकम पनि घट्यो



काठमाडौं । राजनीतिक अस्थिरताले गर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । पछिल्लो समय सर्वाेच्च अदालतको निर्णयले राजनीतिमा अस्थिरता कायम रहेपछि लगानीकर्ता सेयर बजारमा निराश बनेका छन् ।

मंगलबार २३.२२ अंकले घटेर २४६१.८८ अंकमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ ।

मंगलबार होटेल एण्ड पर्यटन समूहको ६८.११ अंक, हाइड्रो पावर समूहको ३६.३९ अंक र म्युचअल फण्ड समूहको ०.०१ अंकले कमाएका छन् भने अन्य समूह सबै राताम्य परेको छ । मंगलबार सर्वाधिक जीवन बीमा समूहको २०१५६ अंकले गुमाए ।

मंगलबार दिनभरिमा २१० कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ सेयर ५२ हजार ५९१ पटक किनबेच हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्