एनएमबि र ज्योति विकास बैंकको २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौ ।आज मंगलबार एकैदिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एनएमबि बैंक र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
आज बोनस शेयर सुचिकुत भएको एनएमबि बैंक र ज्योति विकास बैंकको गरि कूल २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
जसमा एनएमबि बैंकको एक करोड ८७ लाख ८२ हजार ०७८ कित्ता बोनस ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।















