ज्योति लाइफको आइपीओमा १५ लाख ७० हजारको आवेदन, तेस्रो दिनमै मागभन्दा साढे ५ गुणा बढी आवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ज्योति लाइफको आइपीओमा १५ लाख ७० हजारको आवेदन, तेस्रो दिनमै मागभन्दा साढे ५ गुणा बढी आवेदन



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १५ लाख ७० हजार ४१४ जनाले आवेदन दिएका छन् । शुक्रबारदेखि निष्काशन गरेको आइपीओमा ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ता सेयर लागि आवेदन परेको छ । यो माग गरेको साढे पाँच गुणा बढि आवेदन परेको निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

ज्योती लाइफले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारीलाई, ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषलाई र बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरेको हो । कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्