७ श्रावण २०८३, बिहिबार

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण कहिले ?



काठमाडौं । बुधबार ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । फागुन २६ गते नेप्सेमा सूचीकृत सबैको लघुवित्त, नेपाल दूरसञ्चार, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । सबैको लघुवित्त, नेपाल दूरसञ्चार, स्वाबलम्बन लघुवित्त कम्पनीहरुको फागुन २८ गते रसिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्त कम्पनीले चैत १ गते बुकक्लोज गर्ने छन् ।

सबैको लघुवित्तले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । नेपाल दूरसञ्चारले ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

स्वाबलम्बन लघुवित्तले १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत ११ गते १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सिर्जना फाइनान्सले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा बोलाएको छ । महिला सहयात्रा लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश पारित चैत १८ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्