ज्योति लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।
कम्पनिको बिक्री प्रवन्धक कम्पनी एनएमबी क्यपिटल लिमिटेड रहेको छ ।













