नयाँ रेकर्ड बनाउँदै ज्योति लाइफको आईपीओमा १८ लाख बढिले दिए आवेदन
काठमाडौं । नयाँ रेकर्ड कायम गर्दै ज्योति लाइफ इन्स्योरेनसको आइपीओमा हालसम्म कै धेरै आवेदन परेको छ । यस अघि महिला लाइफको आइपीओमा हालसम्मको सर्वाधिक बढि आवेदन परेको थियो । तर यसको रेकर्ड ज्योति लाइफले तोडेको छ । बुधबार साँझ ५ बजे सम्म कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् । ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि ३ अर्ब ८० करोड ७१ हजार बढि रकम संकलन भएको छ । यो माग गरेकोभन्दा ६.४ गुणा बढी हो ।
कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणका लागि छुट्याएको हो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन पाउने ब्यवस्था गरिएको छ ।












