बुधबार सेयर बजारमा हरियाली: नेप्से ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडमाथिको कारोबार
काठमाडाैं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार मापक नेप्से ३३.२९ अंकले बढेर २६ सय ६४ दशमलव ०६ विन्दुमा अडिएको छ।
आज व्यापार बाहेक सबै समुहका उपसूचक बढेका छन् । यसदिन सर्वाधिक जलविद्युत समुह २.०६ प्रतिशतले बढेकाे छ भने बैंकिङ १.३६, विकास बैंक १.११, फाइान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२र जीवन बीमा समुहकाे उपसूचक १.५९ प्रतिशतले बढेकाे छ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार रकममा समेत राम्रो सुधार देखिएको छ । आज ३४८ वटा कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ कराेड ८६ लाख ७७ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३६० वटा कम्पनीको १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ कराेड ९३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको थियाे ।
आज २४१ वटा कम्पनीको शेयर बढेको छ भने ३५ वटाको घटेको छ । यस्तै ३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
यसदिन बेनी हाइड्राेपावर प्राेजेक्ट लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १५ प्रतिशत र बुटवल पावर कम्पनीकाे सेयर मूल्य १०.६० प्रतिशतले बढेकाे छ।















