दोर्दी खोला जलविद्युतको आईपीओलाई ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न भएको हो । अब कम्पनीले छिट्टै आइपीओ निष्काशन गर्ने छ । कम्पनीको माघ ९ गते वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।












