५० अर्बको बैंक बनाउने प्रयासमा छौं, छिट्टै बिग मर्जरको खबर सुनाउँछौं
तुलसी गौतम, अध्यक्ष हिमालयन बैंक
‘हामी ५० अर्ब रुपैयाँ कोर क्यापिटल भएको बैंक बनाउने अभियानमा छौं, यसका लागि वाणिज्य बैंकहरूबीचको मर्जर अत्यावश्यक छ । सम्भवतः छिट्टै बिग मर्जरको खबर सुनाउँछौं । किनभने पछिल्लो समयको अवस्था र प्रतिस्पर्धा हेर्दा मर्जरमा जानुको विकल्प नभएको निष्कर्श निकालिएको छ । मर्जरका लागि हिममलयन बैंकले आन्तरिकरुपमा ड्यू डेलिजेन्स अडिट (डीडीए) गराइरहेको छ । यसै साता डीडीएको रिपोर्ट आउनेछ । फागुन अन्तिम वा चैतभित्रै बिग मर्जरको खबर सुनाउँछौं ।
हिमालयन बैंकमा अहिले कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर स्वामित्व छ । यस्तै हिमालयन बैंकमा रहेको २० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर पाकिस्तानको हबिब बैंक बाहिरिन खोजेको छ । उक्त सेयर बेलायतको सीसीडीले किन्ने सम्झौता भए पनि मर्जर हुने भए सीसीडीले नकिन्ने बताएको छ । यसरी सीसीडीले नकिन्ने हिमालयन बैंकको २० प्रतिशत सेयर सञ्चय कोष र नागरिक लगानी कोषले किन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।
हिमालयन बैंकभन्दा इन्भेष्टमेन्ट बैंकको पुँजी ठूलो भएकाले हबिबको सेयर नकिनीकन मर्ज गर्ने हो भने सञ्चय कोषको स्वामित्व ६ प्रतिशतमा झर्ने हुन्छ । यसर्थ, हामी हबिबको सेयर किन्ने सहमति गरेर मर्जरको सम्झौता गर्ने प्रयासमा छौँ ।
सञ्चय कोषले हिमालयनमा रहेको हबिबको सबै सेयर किनेर इन्भेष्टमेन्टसँग मर्जरमा गयो भने पनि १२÷१५ प्रतिशतको हाराहारीमा मात्रै सेयर स्वामित्व रहन्छ । ‘हिमालयन बैंकको इतिहास हेर्ने हो भने वार्षिक औषतमा २५ प्रतिशतभन्दा बढी छ । हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज भएपछि बन्ने बैंकको कोर क्यापिटल ४६ अर्ब रुपैयाँ पुग्छ ।
यी दुई बैंक मर्जर भएको खण्डमा नेपालकै ठूलो कर्पोरेट बैंक बन्ने र, बैंकिङ प्रणालीमा नयाँ तरङ पैदा हुने छ । पहिलो रोजाइमा इन्भेष्टमेन्ट बैंक भए पनि अरू बैंकसँग कुराकानी नगर्ने भन्ने होइन । सन्चय कोषको लगानी भएका अन्य बैंकहरूसँग पनि कुराकानी भैरहेको छ । सेयर बजार













