विहिबार थप ९७ जना संक्रमित थपिए, ६६ जना निको भए
काठमाडौं । विहिबार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ९७ जना नयाँ संक्रमित भेटिएका छन ।यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार ११६ जना पुगेको छ ।
विहिबार पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । मंगलबारसम्मको विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ जना पुगेको छ ।













