२८ श्रावण २०८३, बिहिबार

आजदेखि प्राइम बैंकको ३५ लाख कित्ता ऋणपत्र निष्कासन



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र निष्कासन आजैबाट भएको छ । बैंकले आज शुक्रबारबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ ।

उक्त ऋणपत्र ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन भएको छ । कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहने बैंकले जनाएको छ ।
बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले रहेको छ ।

बैंकको ऋणपत्रमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।