एनएमबि बैंकको क्यूआरकोड सेवा बिराटनगरका सब्जी फलफूल तथा गुद्री बजारमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएमबि बैंकको क्यूआरकोड सेवा बिराटनगरका सब्जी फलफूल तथा गुद्री बजारमा



काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यूआरकोड मार्फत नगद रहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रुं १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्य बताएका थिए ।कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गदै क्यूआरकोड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआरकोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।

उक्त परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।


प्रतिक्रिया दिनुहोस्