२ किलो युरेनियमसहित चार जना बौद्धबाट पक्राउ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२ किलो युरेनियमसहित चार जना बौद्धबाट पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।


युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्