ओलीले गरे एमाले पदाधिकारी भंग, बादल बागमती प्रदेश इन्चार्ज, एमाले दशौं महाधिवेसन मंसिर २ मा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पदाधिकारी भंग गरेका छन । अव एमालेमा अध्यक्ष महासचिवबाहेक सबै पद खारेज गरेका हुन ।
एमालेको पदाधीकारी भंग गरी अध्यक्ष ओलीले आगामी मंसिर २ देखी ६ गतेसम्म महाधिवेसन घोषणा गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटि बैठक बोलाएका थिए । सो बैठकमा माधव नेपाल पक्ष सहभागी भएको छैन । ओली समुहले पुर्व माओवादीका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन ।
एमालेको केन्द्रीय समितिमा पुर्व माओवादीका २३ जना मनोनित गरिएको छ । अव एमालेको केन्द्रीय समितिको संख्या २६४ सदस्यीय भएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेका सचिव रहेका प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिएको छ ।













