शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण, कोरोना निको हुनेको संख्या २ लाख ७१ नाघ्यो
काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।आज पीसीआर विधिबाट २ हजार ५१२ जनाको स्वाब परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७१ हजार १७७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । बुधबारसम्मको विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ ।













