७ श्रावण २०८३, बिहिबार

सनराइज क्यापिटलको “सनराइज ब्लुचिप फण्ड” निष्काशन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?



काठमाडौं । सनराइज क्यापिटलले आजदेखि ब्लुचिप फण्ड निष्काशन गरेको छ । कम्पनीले आज चैत १ गतेदेखि सनराइज ब्लुचिप फण्ड निष्काशन तथा बिक्री खुला गरेको हो ।

प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको हो । निष्काशनमा ल्याइएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । यस फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीको फण्डमा छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीले यस अघि सनराइज फस्र्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्