एचआईडिसीएलको हकप्रद आउँदै
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआईडिसीएल’ ले तीन महिनाभित्रमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले यस अगाडि गरेको रेटिको म्याद सिकएकाले पुनः रेटिङ गर्नुपर्दा हकप्रदको प्रक्रिया रोकिएको हो ।
हकप्रद निष्काशन प्रक्रिया ढिला हुँदा कम्पनीको रेटिङको म्याद सकिएको हो । कम्पनीले केही समय अगाडि हकप्रद निष्काशनको विशेष प्रस्ताव साधारण सभाबाट समेत पारित गरेको छ ।
कम्पनीको हालको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रमुख सेयरधनी नेपाल सरकारले अग्रिम रुपमा हकप्रदबापत्को पुँजी दिसकेको छ । यसमा नेपाल सरकारले दिएको अग्रिम पुँजीसहित १६ अर्ब ५० करोड रुपैयाँ पुगेको हो ।













