क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि जेठ २ सम्म आयोजना हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि जेठ २ सम्म आयोजना हुने



काठमाडौं । सूचना तथा संचारप्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित यस कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति–विज्ञ, व्यवसायीहरु र संघ(सस्थाहरुको छाता संगठन हो । राष्ट्रियस्तरको संघबाट सन् २०१५ मा क्यान महासंघमा विकसित यसले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरुको हक हितका लागि काम गर्दै आएको सुचना प्रविधि संवन्धि अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै आईरहेको र सूचना प्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग पति दिदै आएको छ ।

यसै सन्दर्भमा राष्ट्रको राजनैतिक आमूल परिवर्तनपछि नयाँ नेपालको परिकल्पना गरेका सबै नेपालीको चाहनाअनुरुप यस क्षेत्रको उपलब्धिमूलक विकास प्रवद्धन एवं सबै नेपाली जनतालाई सूचना प्रविधिबारे सहज ज्ञान दिलाउने उद्देश्यले बिगत २७ बर्षदेखि क्यान इन्फोटेक (सूचना तथा संचार प्रविधि प्रदर्शनी) आयोजना गर्दै आएको, ज्ञानमा आधारित समाज निर्माणमा योगदानका निमित्त विगत २० वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ सम्मिलित अन्तराष्ट्रिय सूचना–प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

सरकारले लिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ र सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीतिहरुको उद्धेश्य तथा लक्ष्य हासिल गर्न, नेपालभित्र ५८ जिल्ला, ७ प्रदेश र केन्द्रमा निर्वाचित समितिहर रहेको तथा जापान र अमेरिकामा अन्तराष्ट्रिय च्याप्टरहरुमार्फत आफ्नो संजाल बनाएको क्यान महासंघले प्रत्यक्ष रुपमा समुदाय स्तरमा नेतृत्वदायि भुमिका गरिरहेको छ ।

क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि जेठ २ सम्म आयोजना हुने

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा गत वर्ष हामिले इन्फोटेकको २६ औं संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ । कोविड–१९ का कारण दुर्भाग्यवस, हामिले योजना गरेअनुसार काठमाडौं सहित सात प्रदेशमा ९ वटै इन्फोटेक गर्न सकेनौं, र पनि काठमाडौं सहित ५ प्रदेशमा ४ वटा इन्फोटेक आयोजना गरिएको थियो ।

सोहि क्रममा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्षको क्यान इन्फोटेक २०२१ आगामी २००८ साल बैशाख २८ गतेदेखि जेठ २ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालमा सूचना, पविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको यो २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।

विगतका वर्षहरुमा साधारणतया पुष,माघ र फागुन महिनामा आयोजना भैरहेको क्यान इन्फोटन यो वर्ष २०२१ मा भने कोभिड–१९ का कारण गत वर्ष भन्दा करीब ३ महिला ढीला भएको छ ।

आम जनजीवन तथा स्वास्थ्य तथा सुरक्षामा महामारीले पार्न सक्ने संभावित असरका कारण तथा कोभिड–१९ संक्रमणको अवस्थालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको विभिन्न मितिमा भएको बैठकबाट धेरै मानिसहरु भेला जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लघन हुने खालका भीडभाड हुने क्रियाकलाप गर्न नदिन गर्नुभएको अनुरोधहरूलाई क्यानमा राख्दै यो वर्षको प्रदर्शनी योजना गर्न नसकिने हो कि भन्ने अवस्था थियो ।

तर ढीलैभए पनि क्यान महासंघले क्यान इन्फोटेकको आयोजनाको प्रवन्ध मिलाएको छ । यसको आयोजनाले कोविड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रतिधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ । यसबीचमा सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूलाई क्यान इन्फोटेकमा ल्याइने हामी प्रयास रहने छ ।

साथै महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामि सबैले महसुस गरेका छौँ । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक माझ विशेष गुने हाम्रो अपेक्षा छ ।

२७ औं क्यान इन्फोटेक शिर्ष प्रायोजन प्रभु पे ले गरेको छ । सह–प्रायोजन वल्र्डलिंक कम्युनिशन रहेको छ । साथै प्राज्ञिक साझेदारका रुपमा सन वे कलेज र डिजिटल डिस्प्ले साझेदारको रुपमा अल्ट्रा एल.इ.डि. रहेको छ । पलाटिनम, डायमणा, गोलर सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजन आजैका मितिदेखि खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्धनका सामग्रीमा लोगो प्रदर्शनी लगायतका सुविधाहरू पाउने छन् ।

सूचना प्रविधि प्रदशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न रास्ट्रिय र अन्तराष्ट्रिय संचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रदशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने सक्ने छन् । भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन ।

यो प्रदशनी सुचना प्रविधि सम्बन्धि धासो राख्नेहरुको लागि सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिन थलो पनि हुने विश्वास पनि लिइएको छ । क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, गाहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्हरु रहने छन् जसमा बाण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार कैन्द्र मुख्य हुने छ ।

पदर्शनीकर्ताहरूले सफ्टवेयरहरु, नेटवर्किक र क्लाऊड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्यूशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विकिमा राखिने छ ।

त्यसैगरी, अर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धि सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलूसन्स, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । गत वर्ष करिव साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोर्टेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । यस पटकको इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस गरिने छ । साथै सर्वसाधारणको लागी प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ लागने छ । साथै क्यान इन्फोटक २०२१ का लागि चैत्र ८ गतेदेखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिंग खुल्ला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्