७ श्रावण २०८३, बिहिबार

सूर्योदय लघुवित्तले १६.१५ प्रतिशत लाभांश दिने



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

चैत्र १ गते बसेको सञ्चालक समितिको बैठकले हाल चुक्ता पूँजीको १५.३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश गरी कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने छ । हाल लघुवित्तको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ छ । ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्