१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति विद्यादेवी भण्डारी अर्को साता बंगलादेश जाँदै



काठमाडौं । दुईदिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता बंगलादेश जाने भएकी छिन् ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा मार्च २२ मा राष्ट्रपति भण्डारी बंगलादेश जान लागेकी हुन् भने मार्च २३ मा नेपाल फर्किने कार्यक्रम तय भएको छ ।

भण्डारी बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको शतवार्षिकीमा सहभागी हुने बताइएको छ ।