आजबाट मेरो माइक्रोफाइनान्सको सेयर लिलामीमा
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख बढी कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीको एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्सको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक सेयर लिलामी खुला गरिएको हो ।
लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ४३७ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने छ । लिलामीमा राखिएको सेयरमा इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् ।
लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ७ गते बैंकिङ समयसम्म तोकिएको छ ।















