७ श्रावण २०८३, बिहिबार

नेप्सेमा हरियाली छाएपनि कारोबार रकम घट्याे, जीवन बीमा समूहको सर्वाधिक कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४०.४० अंकले बढेको छ । बुधबार नेप्से साढे ४० अंकले बढेर २४३२.१४ अंकमा बन्द भएको छ । नेप्सेमा बुधबा दिनभरि २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ सेयर कित्ता ४४ हजार ६९७ पटक किनबेच हुँदा ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर ४६ हजार ५४६ पटक किनबेच हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३९९ रुपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबार रकम घटेको भएपनि २३९१.४७ अंकमा बन्द भएको थियो ।

बुधबार नेप्से परिसूचक बढेको भएपनि कारोबार रकम भने घटेको छ । बुधबार सबै समूहमा हरियाली छाएको छ भने जीवन बीमा समूहका लगानीकर्ताले ३७२.५८ अंकले कमाए । त्यस्तै निर्जीवन बीमा समूहका लगानीकर्ताले २७२.८७ अंकले कमाए ।


प्रतिक्रिया दिनुहोस्