सुनको मूल्य लगातार बढ्दै, चाँदीको १२ सय ९० मा कारोबार हुँदै, सुनको कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार र सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतार तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सयले घटेर ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।













