७ श्रावण २०८३, बिहिबार

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी



काठमाडौँ कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी काठमाडौँ महानगरपालिका गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी भएको महानगरपालिकाले जनाएको छ ।

पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौँ, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौँ, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित भएको काठमाडौँ महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यले जनाएका छन ।

पोखरीमा चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने छ ।वडा नं १ मा पुनःनिर्माण भइरहेको कमलपोखरीमा करिब रु छ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस्