७ श्रावण २०८३, बिहिबार

संसद पुर्नस्थापना पछि प्रधानमन्त्रीसंग सम्बन्ध बिग्रेका महान्यायाधीवक्ता खरेलले दिए राजीनामा



कठमाडौं । संसद पुर्नस्थापना भएसंगै प्रत्रानमन्त्री केपी ओलीसंग सम्बन्ध बिग्रेका महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले राजीनामा दिएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

पुस ५ गते प्रधान्मन्त्रीले संसद विघटन गरेपछि सो पक्षमा सहयोग पुर्याउन नसकेको भन्दै प्रधान्मन्त्री खरेलसंग रुष्ट हुदै आएका थिए । खरेल र ओलीविच सम्बन्ध चिसिएपछि उनले राजिनामा दिएका हुन ।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् । वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधान सभाका सदस्य थिए ।


प्रतिक्रिया दिनुहोस्