७ श्रावण २०८३, बिहिबार

एक महिनामा साढे ४ लाखले नयाँ डिम्याट खाता खोले, डिम्याट एकाउण्टको संख्या ३२ लाख २६ हजार



काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । ब्रोकर कार्यालयदेखि बैंकहरूमा डिम्याट खाता खोल्नेको लाइन लाग्ने गरेको छ । माघ ३० गतेदेखि चैत्र ६ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ४ लाख ५० हजार ८२२ जनाले नयाँ डिम्याट एकाउण्ट खोलेका छन् ।

माघ महिनाको ३० गते २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता रहेको थियो । यो संख्या बृद्धि भएर फागुन ६ गतेसम्म आइपुग्दा ९७ हजार ९९० ले बढेर २८ लाख ७३ हजार २७९ पुगेको थियो ।

त्यस्तै, फागुन १६ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने २९ लाख ९० हजार ५२४ जनाले डिम्याट एकाउण्ट खोलेका थिए । डिम्याट एकाउण्ट खोल्ने संख्या दैनिक रुपमा बृद्धि भैरहेको छ । चैत्र ६ गते शुक्रबारको तथ्याङ्क अनुसार ३२ लाख २६ हजार १११ जनाले डिम्याट खाता खोलेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्