११ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकका ग्राहकहरुले त्रिसरा रेस्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बार बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता भएसंगै सिटिजन्स बैंकका डेबिट क्रेडिट / प्रिभिलेज कार्डवाहकरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाहरुबाट सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरुले लाभ लिने छन ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सातलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।