७ श्रावण २०८३, बिहिबार

अब छिनभरमै घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने



काठमाडौं । कामना सेवा विकास बैंक ले केएस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा रु १००,००० सम्मको कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरेका हुन । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि उपस्थित भएका थिए ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्