७ श्रावण २०८३, बिहिबार

सिंगटी हाइड्रोको आईपीओमा ७.१४ गुणा बढी आवेदन, १ अर्ब ८८ करोड ७२ लाख रूपैयाँ संकलन



काठमाडौं । शुक्रबारदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आइपीओमा १२ लाख २२ हजार ८ सय ३२ जनाले आवेदन दिएका छन् ।

सोमबार ५ बजेसम्म उक्त आवेदकबाट १ करोड ८८ लाख ७२ हजार ९ सय कित्ता सेयरका लागि १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यो माग गरेको भन्दा ७.१४ गुणा बढी हो ।

कम्पनीले चैत्र ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोष, ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्