२ कार्तिक २०८३, सोमबार

सूर्योदयले लाभांश वितरण र एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलायो



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा अह्वान गरेको छ । लघुवित्तले चैत ३१ गते मंगलबार स्याङ्जामा ८ औँ वार्षिक साधारण आह्वान गरेको हो ।

सभामा लघुवित्त संस्थाले लाभांश वितरण र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने भएको छ । सभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १५.३४ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउन पुनः सर्वसाधारणमा शेयर (एफपीओ) निष्काशन गर्ने छ । त्यस्तै, सभामा लघुवित्त वित्तीय वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्ने छ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने छ ।