७ श्रावण २०८३, बिहिबार

उन्नति सहकार्य लघुवित्तले बोलायो साधारणसभा, एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सोमबार बसेको बैठकले चैत ३१ गते वार्षिक साधारणसभा रुपन्देहीको भैरहवास्थित होटेल पौवामा बिहान १०.३० बजेबाट सुरु हुने छ ।

सधामा गत आर्थिक वर्षका लागि प्रस्तावित १७.८१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै, लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने निर्णय पनि पारित गर्ने छ । त्यस्तै, लघुवित्तले बोनस शेयर बाँडफाँड पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजानिक निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्ने छ । बोनस शेयर र एफपिओ जारी पश्चात लघुवित्तको चुक्ता पुँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ पुग्ने छ ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सभामा लघुवित्तले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्