मंगलबार थप १८८ जनामा कोरोना, ७७ जना निको भए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार थप १८८ जनामा कोरोना, ७७ जना निको भए



काठमाडौं । मंगलबार थप १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन ।यो संगै कोरोना संक्रमित हुनेको जम्मा संख्या ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी पछिल्लो चौबीस घण्टामा ७७ जना सङ्क्रमित निको भएका छन् । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल एकहजार १२८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्