घरभित्रै होली मनाउन आग्रह,सार्वजनिक स्थानमा मास्क अनिवार्य
काठमाडौँ । छिमेकि मुलुक भारतमा कोरोना संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन स्थानीय प्रशासनले निर्देशन नै जारी गरेको छ ।
हिजो काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन र भिडभाड नर्गन आग्रह गरेको हो ।
भारतमा दिनौ कोरोना संक्रमित हुनेको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिक /भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न निदेशन दिएको छ । त्यस्तै सार्वजनिक स्थलमा भिडभाड नगर्न र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको छ ।













