नेप्से २१.२९ अंकले घट्दा कारोबार रकम साढे ६ अर्ब बढि
काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नप्से) परिसूचक घटेको छ । बिहीबार नेप्से २१.२९ अंकले घटेर नेप्से २५४८.९६ अंकमा बन्द भएको छ ।

विबहीबार लगानीकर्ताहरु ट्रेडिङ, होटेल एण्ड टुरिज्म र ईन्भेष्टमेण्ट समूहमा आकर्षित भएका छन् । यी समूहको लगानीकर्ताले क्रमशः १७४.८८, १५४.०७ र १.१९ अंकले बढेको छ ।

बिहीबार दिनभरिमा २०८ कम्पनीको १ करोड २५ लाख४८ हजार १४६ सेयर कित्ता ७४ हजार ६५८ पटक किनबेच हुँदा ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँको कारोबार भएको छ ।













