ज्योति लाईफको आईपीओ शुक्रबार साढे १२ बजे बाँडफाँड गरिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ज्योति लाईफको आईपीओ शुक्रबार साढे १२ बजे बाँडफाँड गरिने



काठमाडौं । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आइपीओ भोलि साढे १२ बजे बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड अनुसार ज्योति लाईफको केन्द्रिय कार्यालय, ज्ञानेश्वरमा शुक्रबार अर्थात चैत १३ गते साढे १२ बजे बाँडफाँड गरिने भएको छ ।

कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी, ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोष र बाँकि ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको हो । उक्त आइपीओ नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

अहिलेसम्मकै सर्वाधिक शेयर आवेदन परेर नयाँ किर्तीमान कायम गरेको हो । कम्पनीको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता सेयर किन्नका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.४० गुणा बढी हो ।


प्रतिक्रिया दिनुहोस्