कास्की रुपाकाकिसानलाई ग्रीन डेभलपमेण्ट बैंक मार्फत् दैलोमै सहुलियतपूर्ण कर्जा
काठमाडौं । कास्कीजिल्लाको रुपमा गाउँपालिकाका किसानहरुलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नका लागि रुपागाउँपालिका र ग्रीन डेभलपमेण्ट वैंक विच सम्झौता भएको छ । रुपा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य वस्तुको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी सिर्जना गर्न शिक्षित वेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुलाई विदेशमा आर्जन गरेको सिप र दक्षता उपयोग गर्दै उनिहरुलाई स्वरोजगार वनाउन महिला उद्यमशिलता विकास गर्न, वित्तिय पहुँज तथा साक्षरता विस्तार गर्दै धितो सहित तथा विनाधितोमा कर्जाका लागि आवश्यक सहजिकरण तथा व्यवस्थापन गर्न “समृद्धीका लागि सहकार्य” भन्ने नाराका साथ स्थापितभई विभिन्न क्षेत्रमा सहयोग र सहकार्यका साथ अगाडी वढेको ग्रीन डेभलपमेण्ट वैंक लि. र रुपमा गाउँपालिकाको सहकार्यमा चैत्र १२ गतेका दिन एक समारोहका गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा गाउँपालिकाका तर्फवाट प्रमुखप्रशासकिय अधिकृत सन्तोष ढुङ्गाना र ग्रीन डेभलमपमेण्ट वैंक लि.को तर्फवाट प्रमुखकार्यकारी अधिकृत उमेश कुमार आचार्यले हस्ताक्षर गरेका छन । गाउँपालिका भित्रका कृषकहरुलाई वित्तीय पहुँच वढाउन र लगानीको वातावरण सिर्जना गर्न नेपाल सरकारको सहुलियत पूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धी एकिकृत कार्यविधी २०७६ मा व्यवस्था भए अनुरुपका कर्जा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि गाउँपालिका र वैंक प्रतिवद्ध रहेको दुवै पक्षले जनाएका छन् ।
उक्त सम्झौता पश्चात रुपाका किसानहरुले विना धितो सहुलियत पूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । वैंकले गाउँपालिकाको जमानीमा विभिन्न कृषी तथा पशुपालन सम्वन्धी व्यवसाय गर्नको लागि ऋण उपलव्ध गराउने वैंकका प्रमुखकार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । सहुलियतपूर्ण कर्जा लिदाँ महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत छुट पाउने छन् ।
कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यो वर्षलाई कृषी वर्षको रुपमा मनाउने घोषणा गर्द डेढ अर्व अर्व रुपैया वजेट विनीयोजन गरेकोमा यो वर्ष मात्रै कृषी तथा दूध जन्य पदार्थमा आत्मनिर्भर हुने कार्यक्रम मार्फत २० करोड रुपैया भित्र्यार्इ सकेको वताए । “कृषीवर्षको रुपमाअनुदान वढायौं । टनेल, औजारदेखीविभिन्न उपकरण किसानसम्म पु¥यायौं” अध्यक्षओझाले भने “एक वडा एक नर्सरी कार्यक्रमचलिरहेको छ । अवव्यवसायीक कृषीमालाग्नचाहनेले ग्रीन डेभलपमेण्ट वैंक मार्फत् विनाधितो र धितोसमेतमा सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने भएका छन् ।
व्यवसायिक कृषी तथा पशुपालन, महिला उद्यमशिलता लगायत कृषी पेशासँग सम्वन्धित कार्यका व्यवसायका लागि वैंकको तालचोक शाखालाई तोकिएको र उत्त m शाखामा सम्झौता वमोजिमको कर्जा प्रवाह कार्यलाई सहजिकरण गर्न छुट्टै इकाई समेत व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए ।













