महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, ८.८० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, ८.८० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित



काठमाडौं । महालक्ष्मी विकास बैंकको आज १३ गते शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्स भिडियो कन्फरेन्समार्फत मार्फत गरेको छ ।

उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८०∞ का दरले बोनस सेयर तथा ०.४६∞ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

बैंकको देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्